नेपाली बक्सर रबिन इन्डोनेसियाली बक्सरलाई हराउँदै अर्को चरणमा प्रवेश

९ असोज, काठमाडौँ : नेपालका बक्सर रविन थापा १९औं एसियाली खेलकुदको अर्को चरणमा प्रवेश गरेका आफ्ना प्रतिद्वन्द्वी इन्डोनेसियाका बक्सर डियो कोबानुलाई ४–१ अंकले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

उनले ४६ देखि ५१ केजी तौल समूहका खेलाडीबीच भएको बक्सिङ खेलमा जित हासिल गरेका हुन् । यस तौल वर्गको प्रतियोगितामा कुल ३२ बक्सरको सहभागिता रहेको छ । यो जितसँगै रविन राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *