नेपाली खेलाडीको पहिलोपटक विश्व साइक्लिङमा सहभागीता

१९ साउन , काठमाडौं : अगष्ट ३ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा नेपालका लागि पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी जनाउने भएका छन् । नेपाली खेलाडीले पहिलोपटक विश्व साइक्लिङमा सहभागी जनाउने भएको हो ।

नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीका अनुसार दुवै खेलाडीले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउनेछन् भने उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *