नेपाली कांग्रेसले पार्टीका उपमहासचिव महेन्द्र यादवमाथि भएको आत्मघाती आक्रमणको गर्यो निन्दा

२१ भदौ, काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका उपमहासचिव महेन्द्र यादवमाथि भएको आत्मघाती आक्रमणको निन्दा गरेको छ ।

काङ्ग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।रिपोर्टर्स क्लबमा कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमणमा परेका उनी हाल काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन् । ”

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कांग्रेसले घटनाको छानबिन गरी घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । पार्टीले यादवको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *