नेपाली कांग्रेसका नेता प्रदीप पौडेल भन्छन् , ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? ’

१४ साउन, काठमाडौँ : नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।

पौडेललेपत्रकार भेलामा भने ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? ’ , ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’ ‘संघीयता असाध्यै खर्चिलो र बोझिलो भएको छ, यसले संघीयता बलियो र दिगो हुन्न त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेका छौं ’ भन्दै उनले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *