नेपालले १ लाख टन चामल माग्दै भारतलाई लेख्यो पत्र

३१ साउन, काठमाडौं : भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णयले गरेसँगै नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको हो ।

मन्त्रालयकी प्रवक्ता राधिका अर्यालका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ आइसकेको छैन ।

भारतले निर्यात प्रतिबन्ध घोषणा गरेको १० दिनपछि १४ साउनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको आपूर्ति सहज बनाउने निर्णय गरेको थियो ।

नेपाली बजारमा एक लाख ८० हजार टन चिनी उत्पादन भएपनि आन्तरिक उत्पादनबाट माग नधान्ने भएपछि सरकारले भातरबाट ५० हजार टन आयात गर्न लागेको हो ।
स्रोतका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यूनतम ३ लाख क्विन्टल खाद्यान्न मौज्दात हुनुपर्नेमा जम्मा ९५ हजार क्विन्टल मात्रै रहेको को दाबी छ । त्यस्तैगरी, कम्पनीसँग रहेको एक लाख २६ हजार ११ क्विन्टल खाद्यान्नमध्ये ७६ हजार ८९२ मेट्रिक टन धान छ । जसबाट करिब ४६ हजार मेट्रिक टनमात्र चामल उत्पादन हुन्छ । कुल मिलाएर सरकारी खाद्यान्न भण्डारमा ९५ मेट्रिक टन मात्रै चामल रहेको स्रोतको दाबी छ ।

देशमा विपद परेका बेला उपयोग गर्न २५ हजार मेट्रिकटन खाद्यान्न राष्ट्रिय खाद्य बैंकमा सुरक्षित राख्ने प्रचलन छ । तर, यस वर्ष सो खाद्य बैंकमा खाद्यान्न मौज्दात छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *