नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाडौं ।आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ।

मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे।उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *