नेपालबाट भारतमा विद्युत निर्यात पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात पुनः सुरु गरेको छ ।नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको हो ।

शनिबार एक सय मेगावाट विद्युत् भारत निर्यात गरेको थियो । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणले जनाएको छ ।

अब केही दिन प्रसारण लाइनको अवस्था जाँच गरेर मात्र थप विद्युत निर्यात गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जनाएको छ ।

हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *