नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले-माओवादी प्यानलका धामी विजयी

४ भदौ, काठमाडौँ : नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी विजयी भएका छन् ।

धामीले कांग्रेस, एकीकृत समाजवादीलगायत दल निकट प्यानलका ललित रौनियारलाई ८८७ मतले पराजित गरेका छन् ।

उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा प्यानलका मख्खन धामी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *