नेपालको सुन्दरताको विश्वभर चर्चा छ: भाग्यश्री

काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द खर्चिरहेकी छन् ।

अवार्ड समारोहमा बोल्दै उनले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । ‘नेपालको सुन्दरताको विश्वभर चर्चा छ, नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु,’ भाग्यश्रीले भनिन् ।

नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त अवार्ड समारोहमा नेपाली सेलिब्रिटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन भारतीय कलाकारको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *