नेपालको यू–२३ राष्ट्रिय फुटबल टोली र बंगलादेशको यू-२३ फुटबल टोलि बिच आज मैत्रीपूर्ण खेल

काठमाडौ २७ असार-नेपालको यू–२३ राष्ट्रिय फुटबल टोली र बंगलादेशको यू-२३ फुटबल टोलि बिच आज मैत्रीपूर्ण खेल हुदैछ । १६ महिनापछि मैदान उत्रिने नेपाली यू-२३ फुटबल टोलि बंगलादेशको यू–२३ टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली यू–२३ टोली पछिल्लोपटक ०७२ फागुनमा मैदान उत्रिएको थियो ।

भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीले स्वर्णपदक जितेको थियो । २३ वर्षपछि सागमा स्वर्ण दिलाउने क्रममा नेपाली टोलीले भारतलाई हराएको थियो ।

आजहुने खेलमा बंगलादेशका प्रशिक्षक एन्ड्र्यु ओर्डले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । एन्फा कम्प्लेक्समा सातदोबाटोमा नेपाली समय अनुसार आज दिउसो ३ बजे हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *