नेपालको बाढि पिडितलाई चीनद्वारा १० लाख डलरको सहयोग घोषणा

काठमाडौ ३१ साउन-नेपालमा भएको बाढि पहिरोको कारण भएको जना धनको क्षती प्रति दुख व्यक्त गर्दै चीन सरकारले आपतकालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ।

मंगलबार भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन्। द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन्।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *