नेपालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु

६ भदौ, काठमाडौं : मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको बैठक बाँकी छलफलका लागि नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति बैठक आज दोस्रो दिन सुरु भएको छ ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नुपर्ने छ ।

अध्यक्ष नेपालले बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *