नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ ।

समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेल पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।

समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *