नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द फरार

माघ १२ चितवन,नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द फरारभएको समचार छ । चितवन मेडिकल कलेजमा अखिल क्रान्तिकारीले आक्रमण गरेपछि प्रकाश सम्पर्कमा नरहेको बताइएको छ ।

मंगलबार ‘विप्लव’ माओवादी निकट अखिल (क्रान्तिकारी) चितवन मेडिकलको गाडीमाथि तोडफोड समेत गरेको थियो । क्रान्तिकारीका कार्यकर्ताले बा १० च ७५६४ नम्बरको ल्याण्ड क्रुजर गाडीमाथि कलेज परिसरमै आक्रमण गरेर क्षति पुर्‍याई दिएको कलेज प्रशासनले जनाएको छ ।

चितवन मेडिकल कलेजले विप्लवको छोरा प्रकाशसँग शुल्क ३० लाख मागेपछि भौतिक आक्रमणमा गरेको स्रोतले जनाएको छ । यसअघि प्रकाश चन्दले १० लाख मात्रै दिएर पूरै एमबीबीएस अध्ययन गराउन चितवन मेडिकल कलेजलाई दबाब दिएका थिए,तर, उनको दबाबलाई मेडिकल कलेजले मानेको थिएन । अखिल क्रान्तिकारीको केन्द्रीय समितिले विज्ञप्ति जारी गरेर कलेजमाथि भएको भौतिक आक्रमण गरेको विज्ञप्तिमार्फत जिम्मेवारी लिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चितवन मेडिकल कलेजभित्रको सबै ठेक्कापट्टा, खरिदविक्रीलगायतका काम आफूहरूलाई दिनुपर्ने दबाब दिँदैआएको बताईएको छ ।

आफैले एमबीबीएस अध्ययन गरिरहेको चितवन मेडिकल कलेजमाथि भौतिक आक्रमण गराएर ठूलो नोक्सानी पुर्‍याएपछि ‘विप्लव’का छोरा प्रकाश चन्द फरार भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *