नेटवर्किङ व्यवसायको ठगि गर्ने गिरोग पक्राउ

रुपन्देही १० माघ – भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । नेपालका विभिन्न भागबाट गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताउनुभयो । उक्त समूहले रु आठ हजारदेखि रु तीन लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौं रकम असुलेको निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकाहरुबाट रु १ करोड ५२ लाख बिगो माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *