नेकमा तीनदिने उच्चस्तरीय कम्प्युटर तालिम सुरु

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा उच्चस्तरीय कम्प्युटर तालिम शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा तालिम सुरु भएको हो ।

कलेजभित्रका शिक्षक र विद्यार्थीहरूका लागि तालिम सुरु गरिएको हो । तालिममा बाहिरबाट पनि ६५ जनाले अनलाइनमा तालिम लिइरहेको जनाइएको छ । तालिमबाट उत्पादन हुने सफ्टवएर आयोगले नै पछि प्रयोग गर्ने जनाइएको छ । तालिम तीनदिनसम्म चल्नेछ ।

व्यापाक अन्तरक्रियावीच हुने तालिमबाट सहभागीहरुले फ्रेमवर्कको आधारभूत उपयोग गरी डाटाबेस संचालित वेब अनुप्रयोगहरुको विकास र यसको व्यावहारिक कार्यान्वयनको आधारभूत कुरा बुझ्नका लागी मद्दत हुने जनाइएको छ ।

प्रशिक्षार्थीहरुले तालिमपश्चात फ्रेमवर्क स्थापित गर्न र यसको सुविधाहरुको उपयोग गरेर एक वेब अनुप्रयोग निर्माण गर्न जान्ने विश्वास गरिएको छ ।

उनीहरु एक डाटाबेस, ब्लेड टेम्पलेट प्रणालीको साथ मुख्य टेम्पलेट्स र प्रभावीढंगबाट डाटाबेस परिवर्तन गर्नको लागी माइग्रेसनको उपयोग गर्न जान्ने जनाइएको छ । साथै प्रशिक्षार्थीहरुले तालिमपश्चात फ्रेमवर्कको नियन्त्रकहरु र मार्गकोबारेमा जान्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *