नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने सल्यानको दुई पक्राउ

२५ साउन , काठमाडौँ : दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिकलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमका अनुसार उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *