नेकपा एमालेको चियापान कार्यक्रम सम्पन्न, को-को आए त कार्यक्रममा

amale chiyapanसूचना खबर, ईन्द्र जिजीबिषा-असोज २९ काठमाडौ, नेकपा एमाले पार्टीको चियापान समारोह धुम्बाराहीस्थीत शंख पार्कमा भब्य रुपमा सम्पन्न भएको छ ।

बिगतका बर्षहरुमा झैँ यो बर्ष पनि एमालेले चियापान समारोहलाई निरन्तरता दिएको कार्यक्रममा नयाँ शक्ती पार्टीका संयोजक बाबुराम भट्टराई र हिशिला यामी, नेपाली कांग्रेसका पार्टी सभापती शेर बहादुर देउबा र बरिष्ठ नेता राम चन्द्र पौडेल , नेकपा माओबादी केन्द्र बाट नारायण काजी श्रेष्ठ, मधेसी मोर्चाका नेता महन्त ठाकुर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार लागायत नेपालका लागी अमेरिकन राजदुत, अलैना, नेपालका लागी इजराइली राजदुत हनान गोदेर लगायत अन्य राष्ट्रका नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए ।

कार्यक्रममा शुभकामना लिने दिने भन्दा अन्य कुनै औपचारीक कार्यक्रम भएको थिएन । प्रधान मंत्री पुष्प कमल दाहाल भने एउटा सम्मेलनमा भाग लिन भारतको गोवामा गएका कारण कार्यक्रममा सहभागी थिएनन ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल, झलनाथ खनाल लगायत अन्य हजारौ नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

चियापान कार्यक्रममा सहभागीहरुलाई चियाको साथमा समोसा, लड्डु र केराले स्वागत गरीएको थियो ।पत्रकारहरुको केहि प्रश्नको जवाफ नेताहरुले दिइएको भए पनि भिडभाडमा साउण्ड सिस्टमको व्यवस्था नगरिएको काराण केहि सुन्न सकिएको थिएन ।

अन्य फोटोहरु amale chiyapan programme amale baburam kp-oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *