नेकपा (एकीकृत समाजवादी) ले बोलायो सचिवालय बैठक

१७ भदौ, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले सोमबार सचिवालय बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । तर, बैठकको समय भने तय भइनसकेको पाण्डेले रातोपाटीलाई बताए । साथै आगामी माघ महिनाका लागि तय भएको पार्टी महाधिवेशनको तयारीका विषयमा पनि छलफल भइरहेको छ ।

पार्टीले केही नेताको जिम्मेवारी हेरफेर गर्ने र पार्टी छाडेका नेताहरुले रिक्त गरेको पदमा अन्य नेतालाई जिम्मेवारी दिने तयारी पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *