नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने

१४ साउन, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ भने सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्ने लगायत विषय बैठकको कार्यसूचीमा छ ।
पार्टीका केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *