नेकपा (अमेरिका) का सल्लाहकार परिषद सदस्यको हृदयघातका कारण निधन

२६ भदौ, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सल्लाहकार परिषद सदस्य शंकर विश्वकर्माको हृदयघातका कारण निधन भएको छ ।

रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान निधन भएको हो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही समय पार्टी कार्यालय आलोकनगरमा राखिने पार्टीले जनाएको छ । उनको आजै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *