नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै छैन: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको बताए ।

पौडेलले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए। स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको उनको दाबी छ ।

बजेटले नेपालको अहिलेको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसकेको, पुँजी बजार अगाडि बढाउने, अर्थतन्त्रलाई अगाडि बढाउनेतर्फ बजेट केन्द्रित नभएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *