निर्मात्री शान्ता ढकाल चलचित्र “पसिना”लिएर आउदै

काठमाडौ ३१ भदौ- लगभग १५ बर्ष देखि लगातार समाजसेविकाको रुपमा उत्रेकी शान्ता ढकालले ‘गरौ सत्कारमा बगाउँ पसिना’ भन्ने संदेश लिएर समाजसेवा संगै नेपाली चलचित्र निर्माणमा हात हालेकी छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र “पसिना” ढकालले निर्माण गरेकी हुन् । यो चलचित्रलाई अनुभवी निर्देशक आर वि खत्री, शरद केसीले निर्देशन गरेका छन् । कलाकारहरुमा साईली गीतका गौरव पहाडि र अनु शाह छन् । अन्य कलाकारको पनि यो चलचित्रमा भूमिका रहेको छ । यो चलचित्रमा निर्मात्री शान्ता ढकालले पनि अभिनय गरेकी छन् ।

निर्मात्री शान्ताका थुप्रै बालगृहहरु पनि संचालनमा छन् । शान्ता ढकालका ललितपुर,काभ्रे, गोदावरी लगायतका ठाउँहरुमा बालगृह संचालनमा छन् । उक्त बालगृहमा आमा-बाबु बिहिन बालबच्चाको पालन पोषण शिक्षा-दीक्षा दीइदै आईएको छ ।

हालै बाढि-पिडितहरुलाई बाट्न ९० वटा झुल,तराईमा वितरण गरिएको छ । यति मात्रै हैन,उनले २०७२ सालको भूकम्पमा पनि आफै क्षेती ग्रस्त स्थलमा पुगेर हौसला सहित खाद्यान्न लत्ता कपडाहरु बाडेकि थिइन् ।

एकदमै दयालु स्वभावका ढकाल “पसिना” चलचित्रका जतिपनि कमाई समाजसेवामै खर्चिने बताएकी छन् । सबै अरु आम्दानीको स्रोत र चलचित्रको कमाई पनि समाजसेवा र बाल-बच्चाहरुको लागि समर्पित गरिने जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *