निर्देशक नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ ४८ औं टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

२६ साउन , काठमाडौं : महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि त्यस्तैगरी नवीन सुब्बाको निर्देशनमा रहेको फिल्म ‘गाउँ आएको बाटो’ ४८ औं टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको छ भने भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । भने मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा नवीन सुब्बा निर्माता र कार्यकारी निर्मातामा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई रहेका छन् ।

यस वर्षको टोरन्टो फिल्म फेस्टिभल आगामी सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *