नव निर्वाचित सांसदहरुलाई बधाई तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा / काठमाडौ १२ पुस- प्रतिनिधिसभा तथा प्रदेशसभा २०७४ को निर्वाचनमा खोटाङ्ग जिल्लाबाट निर्वाचित सभासदहरुलाई बधाई तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कान्तिपुर फ्लिम एकेडेमीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अनौपचारिक कार्यक्रममा खोटाङ्ग जिल्लाका नव निर्वाचित सभासदहरुलाई खोटाङ्ग जिल्लाका कलाकार, साहित्यकारहरुले बधाई दिदै नेपाली कलाकारिता क्षेत्रमा भईरहेको विकृति विसंगतीहरुको अवगत गराएका छन् ।

कार्यक्रममा बोल्दै चलचित्र निर्माता तथा नायक नवल खड्काले भने ” खोटाङ्ग माझ किरात भएकोले किरातीहरुको संस्कार संस्कृति झल्किने म्युजियम बनाउनु पर्ने र त्यसमा सम्भव भएसम्म अरु समुदायको पनि राख्ने । म्युजियम संगै होमस्टेको व्यावस्था पनि गर्ने । पुराना लोक भाकाका गीत लय संकलन गरेर र यस्ता लोक भाकाहरुमा आधारित प्रतियोगिताहरु गरेर सभ्य र भव्य कला गृह निर्माण गरिनु पर्नेमा जोड दिए । नेपाली चलचित्रमा बक्स अफिस अविलम्ब लागू गरेर कलाकार निर्माताहरुलाई आत्मा निर्भर बनाउनु पर्नेमा पनि जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै संगीतकार महेश खड्काले भने ” नेपाली गीत-संगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई रोयल्टीको व्यवस्था गरेर जीवन स्तर उकास्नु पर्ने” बताए । रोयल्टीको लागि आफू विगत केहि वर्षदेखि निरन्तर लागिरहेको बताउदै कलाकारहरुले रोयल्टी पाउन सुरु गरिसकेको पनि बताए । संगीतकार खड्काले थपे ” पुराना लोक लयहरुलाई वा प्रतिभा भएका तर लुकेर बसेका प्रतिभाहरुको निम्ति घुम्ती स्टुडियोको व्यवस्था गरेर त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउनु पर्नेमा जोड दिए । खरदार पियन पदमा काम गर्नेहरुको त अवकासपछि पेन्सनको व्यवस्था हुन्छ तर कलाकारहरुको बाच्ने आधार नै नभएकोले यसको लागि पहल गर्नु पर्ने बताउदै यसको सुरुवात खोटाङ्गबाटै गरिनु पर्ने बताए । यसको लागि सरकारले करडौ खर्च गर्नु नपर्न बताउदै नियम कानुनलाई सवाल बनाए मात्र पनि पुग्ने बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार भिम बहादुर थापाले आफुले कलाकारिता क्षेत्रमा लामो समयसम्म निरन्तर काम गरेको बताउदै आफ्ना गीति कविता वाचन गरेर सुनाए ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी लक्ष्मी गिरी,वरिष्ठ साहित्यकार जसराज किराती,नेकपा एमाले पार्टिका केन्द्रिय सदस्य खगेन्द्र राई, साहित्यकार बम बानियाँ, गायक रेवत राई, गायिका बबिना किराती, नेपाल आईडलका प्रतिस्पर्धी विल्सन श्रेष्ठ,प्रमोद श्रेष्ठ लगायतकाले पनि आ-आफ्नो मन्तव्य राखेका थिए ।

सबै कलाकारहरुको जवाफमा प्रतिनिधिसभा नव निर्वाचित सांसद विशाल भट्टराईले भने ” तपाइँहरुको कुरामा म सतप्रतिशत सहमति जनाउदै यदि म रातो मसिले लेख्ने स्थानमा पुगेभने तपाइँहरुको समस्या एकै पटकमा समाधान गर्ने र त्यो स्थानमा आफु नपुगेपनि कहाँ के गर्नु पर्छ त्यो गर्ने” बताए । यो चुनावमा आफू लगायत प्रदेशसभा सदस्य मानानियज्युहरु निर्वाचित हुनुमा कलाकारहरुको ठूलो भूमिका रहेको बताउदै कलाकारहरुको प्रशंसा पनि गरे ।

यस्तै नव निर्वाचित प्रदेशसभा सदस्य राम कुमार राई “पासाङ्ग” र राजन राईले पनि यो कार्यक्रममा उठेका कुराहरुलाई आफुले सकेसम्म पुरा गर्ने र कलाकारहरुको उचित सम्मान गर्ने बताए ।

कार्यक्रममा खोटाङ्गे कलाकारहरुको तर्फबाट ३ बुदे सर्त र मागहरु पनि नव निर्वाचित संसदहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रम पश्चात केहि समय अगाडि मात्रै संचालनमा आएको अर्ग्यानिक रेस्टुरेण्ट “फलैचा” ले रावा खोला खोटाङ्गको असला माछा, खोटाङ्गमै उत्पादन गरिएको चामलको भात, कार्यक्रममा सहभागीसबैलाई रेस्टुरेण्ट संचालकहरु उमेश राई र शिव लामा गुरुङ्गले खानको व्यवस्था गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *