नवलपरासी तस्करीको ट्रान्जीट प्वाईन्ट: प्रहरी र तस्करको मिलोमतोमा व्यापक तस्करी

बुटवल ११ असोज । नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भईरहेको रहस्य खुलेको छ । प्रहरी र भन्सार कर्मचारीहरुले तस्करहरु संग मोटो रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पु¥याउदै आएको रहस्य खुलेको हो ।

हिजो मात्र नवलपरासीको महेशपुर हरपुर क्षेत्रमा राजश्व अनुसन्धान पश्चिमान्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले यस क्षेत्रमा ठुलो परिमाणमा अबैध कपडा बरामद गरेपछि यस्तो रहस्य बाहीर आएको छ ।

सो टोलीले एक गोदामा छापामारेर अबैध कपडा बरामद गरेपछि तस्करहरुले आफुहरुले शशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासीक रुपमा मोटो रकम दिने गरेको भन्दै राजश्व अनुसन्धानको टोलीलाई अवरोध पु¥याएपछि यस्तो रहस्य बाहीर आएको थियो ।

नवलपरासीको महेशपुर नाका यतीबेला कपडा तस्करीका लागी मुख्य रोजाई बनेको छ । अहिले पनि महेशपुर नाकामा कपडा तस्करीकालागी केही गोदाम बनाईएका छन् । तर यस प्रति यस क्षेत्रका प्रहरी प्रशासन कानमा तेल हालेर सुतेको अवस्था छ । सुरक्षा निकायले शशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाल प्रहरीले शशस्त्र प्रहरीले देखाई आफुहरु तस्करी नियन्त्रण कार्यमा प्रभावकारी रुपमा लाग्ने गरेको पाईएको छैन् ।तस्करहरुले रातको समयमा ति गोदामहरुबाट माल निकालेर प्रहरीको सहयोगमा राजमार्ग सम्म पु¥याउने गर्दछन् ।

नवलपरासीमा यतिबेला तस्कारीकालागि मुख्य ट्रान्जीट स्थल (प्वाईट) बनेको छ । एक तर्फ नेपालको राजश्व चुहावट गर्ने आर्को तर्फ प्रहरी र भन्सारका कर्मचारी मोटाउने कार्य बढ्दै गएको छ ।

सिमावर्ती भारतिय बजारबाट बिशेष गरी यतीबेला ठुलो परिमाणमा कपडाको तस्करी हुने गरेको छ । नवलपरासीका प्रहरी प्रहरीहरुको समेत यस तर्फ हात रहदै आएको छ । बिशेष गरी नेपाल प्रहरी र शशस्त्र प्रहरीको संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटो हुदै तस्करी गर्ने गरेका छन् । यस बापत तस्करहरुले प्रहरीहरुलाई मासीक रुपमा लाखौ रकम बुझाउने गरेका छन् ।

बिशेष गरी नेपाल भारत सिमा क्षेत्रबाट बिना भन्सार , एउटा बिल बाट पटक पटक समाग्री ल्याउने गरेर व्यापक तस्करी हुने गरेको छ । यसको नियन्त्रणमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको समेत बेवास्ता गर्दै आएको पाईन्छ ।

कपडा जन्य व्यापारको माग बढेपछि झन दशैको अवसरमा कपडाको माग बढेपछि तस्करहरु पनि आफ्नो कार्यमा झन बढावा दिएका छन् ।
बिशेष गरी तस्करहरुले सुरक्षा निकायको मिलोमतोमा दिनको समयमा भन्दा रातको समयमा तस्करी गर्ने गरेका छन् । गाडीमा लोड गरी ति कपडा जन्य बस्तुहरुलाई राजमार्ग सम्म पु¥याउने र त्यहांबाट चितवन , काठमाण्डौ पु¥याउने गरेका छन् ।

यस कार्यमा नवलपरासीमा प्रहरी प्रमुखहरुको समेत संलग्नता रहेको पाईन्छ । जिल्लामा प्रहरी प्रमुखहरुले शान्ती सुरक्षाकालागी गोप्य सुचना प्राप्त भर्न केही गोप्य सुराकी अथवा धुमुवा समेत राखेका छन् । तर ति घुमुवाहरुले ति अबैध कारोवार गर्ने तस्करहरुसंग मोटो रकम असुल गर्ने गरेको पाईएको छ । स्रोतका अनुसार तस्करहरु मासीक रुपमा प्रहरी प्रमुख सम्म रकम पुग्ने गरी ति घुमुवा वा गोप्य सुकारी गर्ने सुरक्षाकर्मीलाई मोटो रकम दिने गरेकाछन जुन रकम उनिहरु मार्फत नवलपरासीमा प्रहरी प्रमुख समक्ष पुग्ने गर्दछ ।

यस कार्यकालागि नवलपरासीमा नेपाल प्रहरी तर्फ प्रहरी सहायक निरिक्षक गजानन्द शाहा र शशस्त्र प्रहरी तर्फ शशस्त्र प्रहरी जवान मिश्रीलाल यादव र राजेश गुप्ता रहेका छन् । उनिहरु सबैको नवलपरासीबाट अबैध तस्कारीको काम गर्ने सबै तस्कहरु राम्रो उठबस छ ।
यस बारे ५ नं. प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङ्गमार लामाले तत्काल यस बारे सत्यता फेला परे दोषी कर्मचारीलाई कारवाही गरिने प्रतिकृया दिनुभयो ।

यस बारे शशस्त्र प्रहरी पश्चिमान्चल क्षेत्रिय कार्यालय का प्रमुख शशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सुबोध अधिकारीले यस बारे अनुसन्धान गरी दोषी फेला परेका कारवाही गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *