नवलपरासीलाई मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

फागुन ४ भैरहवा-नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भैरहवामा भएको खेलमा नवलपरासीले आयोजक रूपन्देहीलाई सोझो सेटमा २७–२५, २५–१५, २५–१९ ले पराजित गर्दै फाईनल जितेको हो।

नवलपरासी गत वर्ष प्रतियोगिताको फाइनलमा स्याङ्जासँग ३–२ को सेटमा पराजित भएको थियो । तर यस पटक नवलपरासीले स्याङ्जालाई ३–१ को सेटमा हराउँदै फाइनलमा पुगेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नवलपरासीका घनश्याम चौधरी र उत्कृष्ट सर्भर रामनारायण महतोले पश्चिमाञ्चल टोलीबाट सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका थिए।

मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिता विजेता नवलपरासीका घनश्याम चौधरी उत्कृष्ट खेलाडीबाट पुरस्कृत हुँदा गुल्मीका दीपेन्द्र श्रेष्ठ उत्कृष्ट स्पाइकर, रूपन्देहीका लोकेन्द्र भण्डारी उत्कृष्ट सेटर, नवलपरासीका रामनारायण महतो उत्कृष्ट सर्भर, रूपन्देहीका सुरेन्द्र गुरुङ उत्कृष्ट डिफेन्स र रूपन्देहीका राजु बिक उत्कृष्ट ब्लकरबाट पुरस्कृत भए। प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

चार दिनसम्म चलेको प्रतियोगितामा पश्चिमाञ्चलका ८ जिल्लाहरू नवलपरासी, रुपन्देही, गुल्मी, स्याङ्जा, तनहुँ, कास्की, बागलुङ र पाल्पाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेताले ८० हजार, उपविजेता ५० र तेस्रो भएको गुल्मी टोलीले ले ३० हजार रुपियाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *