नयाँ सदरमुकाम तोकेकोमा कतै स्वागत त कतै विरोध

रुकुम, १३ माघ – सरकारले रुकुम पूर्वको नयाँ सदरमुकाम तोकेकोमा कतै स्वागत भएको छ भने कतै विरोध भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२ को गोलखाडामा सार्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयको पुथाउत्तरगंगा गाउँपालिका र गोलखाडामा स्थानीयबासीन्दाले बाजागाजासहित अविरयात्रा गर्दै स्वागत गरेका छन् । रुकुम पूर्वको केन्द्रविन्दु नै गोलखाडा भएकोले सरकारले सही तोकेको गोलखाडाका स्थानियले बताएका छन् ।

यता, सरकारको निर्णय लगतै आन्दोलित बनेका रुकुमकोटबासीले विरोध जारी नै राखेका छन् । उनीहरुले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *