नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक शुरु

काठमाडौ १५ चैत्र, नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा शुरु भएको छ । परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने जनाईएको छ ।

बैठकमा आसन्न निर्वाचनको बारेमा पनि छलफल हुनेछ । नयाँ शक्तिको निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनाको विषयमा पनि  बैठकमा विस्तृत छलफल हुनेछ ।  बैठक आज र भोलि दुई दिन चल्ने बताईएको छ ।naya

Leave a Reply

Your email address will not be published. Required fields are marked *