नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने

फागुन २२ काठमाडौ,नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने जनाईएको छ ।

त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन र टुंगोमा पुग्न नसकेको संविधान संशोधनको प्रक्रियाकाबिच बढ्दै गएको राजनीतिक टकरावबाट देशलाई कसरी निकास दिने भन्ने सवालमा बैठकले ठोस नीति तथा कार्ययोजना तयार गर्ने बताईएको छ ।

कार्यकारी समितिको बैठकले यहि फागुन २६ र २७ गते काठमाडौंमै बस्ने अन्तरिम केन्द्रीय परिषद्को बैठकका एजेण्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने स्रोतले बताएको छ ।

नयाँ शक्तिले पार्टीको अन्तरिम संरचना अन्तर्गत १०३ सदस्यीय केन्द्रीय कार्यकारी समिति र १ हजार १९२ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाएको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *