नयाँ शक्ति,संघिय समाजवादी फोरम पार्टि लगातयका अन्य ३० दलले जरिवाना तिर्नु पर्ने

फागुन १५ काठमाडौ, निर्वाचन आयोगले नयाँ शक्ति पार्टी लगातयका ३० दललाई एक हप्ताभित्र जरिवाना तिर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आय–व्यय नबुझाएका ३० दललाई एक-एक सय रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको हो ।

आयोगले नयाँ शक्ति पार्टी,संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय चुरेभावर पार्टी लगायतका १९ दलले पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नभएको तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, दलित जनजाती पार्टी, नेपाली जनता दल, लगायतका ११ दललाई तोकिएको समयमा स्पष्टिकरण पेस नगरेकाले जरिवाना रकम तिर्न निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *