नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताएका छन् ।

पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचनमा सम्बोधन गर्दै उनले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताएका हुन् ।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उनको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उनले भने “नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *