नक्कली मतदाताको नाम थपिएको भन्दै रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालावन्दी

फागुन ११ काठमाडौ, नक्कली मतदाताको नाम थपिएको भन्दै अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालावन्दी गरेका छ।

यसअघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगलबार क्याम्पसले ३५ सय जनाको नामावली प्रकाशन गरेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

‘त्रिविले भर्ना बन्द गरेको लामो समय पछाडि आर आर क्याम्पसमा ३२ सय बाट ३५ सय विद्यार्थी पु¥याइएको छ । यस्तै स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको चुनावी प्रक्रिया सुरु भएको छ । आउँदो बुधबार हुन लागेको चुनावको लागि बुधबार दिउँसो २ बजेसम्म मतदाता सूचिमाथि दाबी बिरोध र बिहीबार १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

यस्तै बिहीबार १२ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गर्ने तालिका छ । शनिबार बेलुका ५ बजेसम्म प्रत्यक्षतर्फका उम्मेद्वारको नामावली प्रकाशन गर्ने, आइतबार विहान ८ देखि १० बजेसम्म उम्मेद्वारको नामावलीमा दाबी विरोध गर्न सकिनेछ ।

आइतवार नै १२ देखि ३ बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *