नक्कली भुटानी शरणार्थी प्रकरणबारे थप कामकारबाही अघि बढ्छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणका आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाही अघि बढ्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ । दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *