नक्कली भुटानी शरणार्थी प्रकरण: इन्द्रजित राईद्वारा बयान दिन आनाकानी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले ‘स्वास्थ्य ठीक’ नभएको दाबी गर्दै बयान दिन आनाकानी गरेका हुन् ।

यसअघि शुक्रबार सागर राई र केशवप्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *