नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध एकीकृत समाजवादीले आन्दोलन गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ ।


यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, र्‍याली र कोणसभा गरिने छ ।

सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ ।

यसअघि पनि एकीकृत समाजवादी पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *