नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन रास्वपाको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने सो पार्टीको माग छ ।

प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने, यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए ।

तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए।

दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै लामिछानेले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *