नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा पुर्‍याउनुपर्छ:गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनागरिकले चासोका साथ हेरिरहेको उनले बताए।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’

उनले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताए। ‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *