धुर्मुस सुन्तलीको नमूना बस्ती हस्तान्तरण

dhurmus suntali giranchaurकार्तिक १२ काठमाडौ, धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरानचौरमा निर्मित नमूना बस्ती स्थानीयवासीलाई शुक्रबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीको साँचो गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ स्थित गिरानचौरका तामाङ समुदायको बस्ती गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पले खण्डहर बनाएको थियो । हास्यकलाकार धुर्मुस र सुन्तलीले गत वैशाख १२ गतेबाट बस्ती पुनर्निर्माण अघि बढाएका थिए । ६ महिनामा पुनर्निमाण सम्पन्न भएको बस्तीको निर्माण लागत पाँच करोड रुपैयाँभन्दा बढी छ ।

देश तथा विदेशमा रहेका पाँच हजार भन्दाबढी व्यक्ति तथा संस्थाले बस्ती निर्माणका लागि आर्थिक सहयोग बाट संकलित रकमले बस्ती निर्माण सम्भव भएको हो ।
यहाँ,एउटा सामुदायिक भवनसहित ६७ वटा घर रहेका छन् । बस्तीमा सोलारजडित दुई तल्ले घर, चिल्ड्रेन पार्क, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचाको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *