धरान उपमहानगरको खानेपानीका लागि ४ करोड बजेट विनियोजन

काठमाडौं । कोशी प्रदेश सरकारले धरान उपमहानगरको खानेपानीका लागि ४ करोड विनियोजन गरेको छ।

अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो।

खानेपानी, सिँचाइ तथा ऊर्जाका लागि ५ अर्ब ४३ करोड ८३ लाखमध्ये धरान उपमहानगरको खानेपानी वेल व्यवस्था गर्न ४ करोड रकम विनियोजन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *