धरानमा डेङ्गुबाट ८ जनाको मृत्यु , २ हजार तीन सय ५३ सङ्क्रमित

१४ साउन , काठमाडौँ : धरानमा डेङ्गुबाट ८ जनाको मृत्यु भएको छ भने २ हजार तीन सय ५३ जना डेङ्गु सङ्क्रमित छ ।

३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको हो ।

धरान ११, १५, १७ र १८ नम्बरमा वडा बढी मात्रामा डेङ्गु सङ्क्रमित देखिएको छ ।

संक्रमण बढेसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ भने छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।

‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरी धरानमा डेङ्गु नियन्त्रण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *