धनुषा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु

२३ साउन , काठमाडौँ : धनुषाको मिथिला नगरपालिका–२ आनन्दपुर बसहीमा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ आनन्दपुरका १७ वर्षीय अजय यादव रहेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको हो ।

खोलाले बगाएका यादवलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सिकिस्त अवस्थामा उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा लगेको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *