धनुषामा अपरिचित एक युवक मृत फेला

३२ साउन, काठमाडौँ : आज बिहान धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर ढल्केवर सडकखण्डमा टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी २२/२३ वर्षीय अपरिचित एक युवक मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । भने घटनाको विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *