धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

१६ भदौ, काठमाडौँ : शुक्रबार साँझ धनगढी उपमहानगरपालिका – ५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो चालक ५० वर्षीय गंगा केसी रहेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *