दोस्रो ‘हेराल्ड म्यानेजमेन्ट फेस्टिवल्स् एण्ड ग्राण्ड मोटिभेश्नल सेमिनार’ को तयारी पूरा

काठमाडौं, ७ साउन – यही साउन ९ गतेदेखि १० गतेसम्म हुने दुई दिने दोस्रो ‘हेराल्ड म्यानेजमेन्ट फेस्टिवल्स् एण्ड ग्राण्ड मोटिभेश्नल सेमिनार’ को सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त फेस्टिवल तथा सेमिनार काठमाडौंको कमलादिस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानको हल र परिसरभित्र हुने आयोजक संस्था युनिभर्सल टेक कन्सल्ट प्रा.लि.का प्रबन्ध निर्देशक लक्ष्मण लामिछानेले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

उनले व्यवस्थापन अध्ययन गरेका धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि मरिहत्ते गरिरहेकोमा गुनासो पोख्दै भने,‘व्यवस्थापन संकायका धेरै विद्यार्थीहरुले यतिवेला उच्च शिक्षाको लागि विदेश जान चाहिरेका छन्, यो ट्रेण्ड अत्यन्तै डरलाग्दो छ, यसले दक्ष युवा विद्यार्थीहरु सबै विदेश जाने देखियो, त्यसैले हाम्रो कार्यक्रम भनेको नै ती विद्यार्थीहरुलाई स्वदेशकै व्यवस्थापन कलेजमा अध्ययन गर्न प्रेरणा दिनु हो।’

दुई दिनसम्म चल्ने उक्त मेलाले नेपालमा रहेका गुणस्तरीय तथा टप कलेजहरुको बारेमा समेत जानकारी दिने उनको विश्वास थियो । ‘‘हामीसँग स्वदेशमै टप लेभलका व्यवस्थापन संकायका कलेजहरु छन्, जसले वल्र्ड क्लासको शिक्षा दिईरहेका छन्,’ उनले अघि भने,‘यी कलेजहरु विश्वस्तरीय शिक्षा प्रणालीबारे अप टु डेट छन्, खासगरी सैद्धान्तिक तथा खोजमुलक पद्धतिको अनुसार नै शिक्षा प्रदान गरिरहेका छन्।’  उक्त मेलामा देशका २५ भन्दा बढि टप कलेजहरुको सहभागिता रहने उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा युनिभर्सल टेक कन्सल्ट प्रा.लि.का सल्लाहकार प्रो. केदारनाथ छदकुलीले प्रत्येक विद्यार्थीमा भित्री ट्यालेन्ट हुने बताउँदै भने,‘तर तीनीहरुलाई सही सल्लाह र सुझाव अनि मार्गदर्शनको खाँचो हुन्छ, खासगरी विद्यार्थीका अभिभावक तथा शिक्षकहरुबाट सही मार्गदर्शन हुनुपर्छ।’ उनले यस्ता खाले कार्यक्रमले मुलुकको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दिलाए ।

त्रिविका प्राध्यापक समेत रहेका छत्कुलीले कलेजहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमात्रै विद्यार्थीहरुलाई स्वावलम्बी, सक्षम, र क्रिटिकल थिंकर बनाउन मद्दत पुग्ने उनको विश्वास थियो ।
उक्त मेला पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले उद्धघाट्न गर्ने आयोजकले जनाएको हो । मेलाको पहिलो दिन सुचना आदान प्रदान गर्ने र काउन्सिलिङ सेसन रहनेछ भने ग्राण्ड मोटिभेश्नल सेसन अर्को दिन हुनेछ आयोजकले जानकारी दियो ।

मोटिभेश्नल सेसनमा पूर्वमन्त्री गगन थापा, बैंकर अनिल शाह, ऋषि धमला, हिसानका अध्यक्ष रमेश सिलवाल, युवा मोटिभेटर सौनक भट्ट, र कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जाना घिमिरे(सुन्तली) लगायतले स्पिच दिनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *