दोलखाबाट ४ किलो सुन बरामद

११ असोज, काठमाडौँ : दोलखाको सिंगटीबाट प्रहरीले चार किलो सुन बरामद गरेको छ ।

सुनजस्तै देखिने चारवटा बिस्कुट बरामद गरी परीक्षणका लागि पठाइएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीले बताए । इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ । उक्त सुन तिब्बत र दोलखाको सीमावर्ती फालेकबाट सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *