दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाइते

१७ भदौ, काठमाडौं : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि लामोसाँघु, ठूलोपाखर र बाह्रबिसेबाट प्रहरी टोली उद्धारमा खटिएका थिए । भने अस्पतालमा लगिएकोमा उत्तम महर्जन र बलबहादुर खत्रीलाई डाक्टरहरुले आज बिहान सवा पाँच बजेतिर मृत घोषणा गरेका थिए ।

घाईते हुनेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन रहेका छन् ।

उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *