देशभर सञ्चालनमा रहेका स्वास्थ्य सेवा र संस्थाहरू

१ असोज, काठमाडौँ : नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वास्थ्य संस्थाको बहिरंग सेवा (ओपीडी) सुचारु भएको छ ।

सरकार र संघबीच भएको ६ बुँदे सहमतिपछि स्वास्थ्य संस्था पुनः सञ्चालनमा आएको चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले जानकारी दिए । आइतबार देशभरका १० हजार १३९ स्वास्थ्य संस्था (सार्वजनिक र निजी) बाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा पाउनबाट वञ्चित गरेका छन् ।

हेटौंडाको साँचो अस्पतालमा गत भदौ १३ गते अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा दुई जना चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । घटनापछि नेपाल चिकित्सक संघले शारीरिक दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न संगठित दबाबस्वरुप आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

चिकित्सकमाथि हातपात गर्ने चार जना पक्राउ परेका छन् भने पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सरकारले आक्रमणकारीलाई पक्राउ गरी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन बमोजिम कारबाही गर्ने सहमति गरेपछि देशभर ओपिडी सेवा सुचारु गरिएको डा. तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *