देउसीखेली समाजका लागी साउण्ड सिष्टम

चिसाङ्ग शेर्पा-कार्तिक १९ खोटाङ्ग,देउसीखेली नुनथला–८ का स्थानियहरुले समाजका लागी विधुतिय सामग्री खरिद गरेका छन् ।

तिहारको अवसरपारी दुईस्थानमा खेलिएको देउसी कार्यक्रमबाट संकलित बाह्र हजार रकमले डिजिटल प्रबिधीको साउण्ड सिष्टम खरिद गरेका हुन् । गएका बर्षहरुमा भन्दा फरक शैलीमा देउसी कार्यक्रम गरी स्थानियहरुले १६ हजार ३ सय रुपैयाँ संकलन गरेका थिए ।

साउण्ड सिष्टमसंगै खेलिएको देउसी कार्यक्रममा वडा नम्बर आठका ३५ घरधुरीका २ सय पचास जना भन्दा वढिले नाचगान तथा देउसी खेलेका थिए । ‘आफ्नो गाँउ आफै बनाउँ भन्ने मुल शन्देसका साथमा तिहारको रमाईलोसंगै समाजका लागी आवश्यक सामग्री जुटाइएको स्थानिय दोर्जे शेर्पाले बताए ’ ।

‘सबै एकजुट भई जोडिएको सामग्री नजिकैको स्कुलमा राखी समाजमा हुने विविध शुभकार्यहरुमा प्रयोग गर्न सकिने तथा अन्यका लागी भाडामा उपलब्ध गराईने अर्का स्थानिय प्रेम शेर्पाले जनाए’ । ‘संकलित रकमबाट अन्य बाँकी रकमले समुदायका लागी आवस्यक पर्ने अर्को सामाग्री खरिद गरिने प्रताप सिं तामाङ्गले बताउनुभयो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *