देउवाले पदाधिकारी बैठक बोलाए

५ भदौ, काठमाडौं : २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहान ११ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् ।

शीर्ष तहका एक नेताका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा छलफल हुने र नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *